प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
चैत्र २०७९
निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-१२-२९

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे तथा ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूमा रहेका बिभिन्न शाखा, थुनुवा कक्ष लगायतका स्थानहरूको निरीक्षण गर्नुका साथै कार्यालयको वस्तुस्थितीको बारेमा जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख राणाले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख राणाले जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधी, राजनीतिक दल, सञ्चारकर्मी, पूर्व प्रहरी कर्मचारी, बिभिन्न संघ संस्थाका पदाधिकारी, नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-१२-२८

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूमा रहेका बिभिन्न शाखा, कार्यालय ब्यारेक, कोत, एम.आई.रुम, मेश, चमेना क्यान्टिन र खुद्रा क्यान्टिन लगायतका स्थानहरूको निरीक्षण गर्नुका साथै कार्यालयको वस्तुस्थितीको बारेमा जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिम केन्द्र दक्ष प्रहरी उत्पादन स्थल भएको हुनाले दत्तचित्त भएर प्रशिक्षण गतिबिधीमा सहभागी हुन तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन समेत दिनुभएको छ ।  

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-१२-२७

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा सिन्धुली जिल्ला अन्तर्गतका ईलाका प्रहरी कार्यालय कपिलाकोट, भिमान र डकाहा सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूमा रहेका बिभिन्न शाखा, थुनुवा कक्ष लगायतका स्थानहरूको निरीक्षण गर्नुका साथै कार्यालयको वस्तुस्थितीको जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख राणाले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख राणाले जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधी, राजनीतिक दल, सञ्चारकर्मी, पूर्व प्रहरी कर्मचारी, बिभिन्न संघ संस्थाका पदाधिकारी, नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।  

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-१२-२६

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहतका बागमती प्रदेश प्रहरी गण, हेटौंडा तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म, हेटौंडाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूको वस्तुस्थिति र सम्पादित कार्यहरूको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका क्‍वाटरगार्ड, उद्दार सम्बन्धी उपकरण तथा विभिन्न शाखाहरूको निरीक्षण गर्नुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमण पश्चात् प्रहरी नायव महानिरीक्षक राणाले आफूलाई दिईएको जिम्मेवारी प्रभावकारी ढंगले, उच्च मनोवल र अनुशासित तवरले सम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको थियो ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-१२-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकीटोल स्थित तरकारी बजारबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौ जान आएको  BR 29 GB5486 नं.को भारतीय कागतीलोड बलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा लागुऔषध वनरेक्स २४० बोतल (प्रति बोतल 100 ml), डाइजेपाम १३ बट्टा (प्रति बट्टा ५० एम्पुल), नोरफिन ६ बट्टा (प्रति बट्टा १०० एम्पुल), फेनारगन १२० पत्ता (प्रति पत्ता ५ एम्पुल)  फेला परेको । निज चालक देश भारत जिल्ला सिवान पन्चायत ५ बस्ने वर्ष २६ को अमित कुमार र सोहि बस्ने वर्ष अन्दाजी २३ को अनिल कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

तीन जिल्लामा झुण्डी मृत्यु
२०७९-१२-२३

चितवन, माडी नगरपालिका-१, कल्याणपुर बस्ने अन्दाजी ६१ वर्षीय जंग बहादुर भुजेलले आफ्नै घरको कोठाको बलोमा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत्यु अवस्थामा निजको श्रीमती हरीमया भुजेलले फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ । काभ्रे, पनौती नगरपालिका-१, स्थित खमले भन्ने स्थानमा ६४ वर्षीय बाल कृष्ण सापकोटा घर देखी अन्दाजी ५०० मिटर तल खमाले जंगलमा रहेको चिलाउनेको रूखमा आफुले कम्मरमा बांधेको पटुकाको पासो लगाई झुन्डी मृत्यु भएको अवस्थामा भेटिएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-९, सुकौरा स्थित बस्ने अन्दाजी ५०।५१ वर्षीय रामकृष्ण गौली आफ्नै घर नजिकै रहेको चिलाउनेको रुखमा प्लाष्टिकको डोरिको पासो लगाई झण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाद्वारा निर्देशन सम्बोधन
२०७९-१२-२२

नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९।१२।१७ गतेको निर्णायानुसार बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा सरुवा भई आउनुभएका प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले आफ्नो पदभार ग्रहण गर्नुको साथै प्रदेश प्रहरीको बस्तुस्थितिको बारेमा जानकारी लिनुभएको हो । पदभार ग्रहण पश्चात् प्रदेश प्रहरी प्रमुख राणाले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१२-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे स्थित पूर्व पश्चीम सडक खण्डमा प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिईएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडा बजारबाट रातोमाटे तर्फ आउँदै गरेको ना ७ ख ६८३९ नं.को ट्रक लाई संका लागि चेकजाँच गर्ने क्रममा उक्त ट्रकको क्याबिनमा लुकाई छिपाई ल्याएको अन्दाजी २ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेका थिए । उक्त ट्रकको  चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने ओमनगर बस्ने वर्ष अन्दाजी ३४ को सुजन श्रेष्ठ र सोहि बस्ने वर्ष अन्दाजी ३१ को सन्तोष श्रेष्ठ लाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।  

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१२-१७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानिचोक स्थित भित्री सडक खण्डमा प्रहरीले लागुऔषध गाँजा  सहित मानिस नियन्त्रणमा लिईएको छ । गुम्बाचोकबाट हेटौंडा बजार तर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ह १८९ नम्बरको अटोलाई प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा उक्त अटोमा लुकाईछिपाई राखेको लागुऔषध गाँजा अन्दाजी २ किलो फेला परेको छ । निज अटो चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्ने वर्ष अन्दाजी २२ को सुशिल थोकर र उक्त अटोमा सवार सोही ठेगाना बस्ने वर्ष अन्दाजी २३ को सुमन गोलेलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।    

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-१२-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले गौरबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३-०२० प ६८६२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला रौतहट, राजपुर नगरपालिका-४ बस्ने अन्दाजी २० वर्षीय उमेश मन्सुरी र मोटरसाईकल पछाडी सवार सोही ठेगाना बस्ने अन्दाजी २२ वर्षीय महमद दहमिदको साथबाट लागुऔषध गाँजा ७ प्याकेट अन्दाजी १० ग्राम, नाईट्रोभेट १८ पिस, कोरेक्स १००ml को १ बोतल र मोटरसाईकल समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

१०८ किलोग्राम लागुऔषध गाँजा बरामद
२०७९-१२-०८

मकवानपुर, थाहा नगरपालिका-८, चौतरा बस्ने अन्दाजी ५७ वर्षीय लाल बहादुर घलान र सोही ठेगाना बस्ने अन्दाजी ५३ वर्षीय शेर बहादुर घलानको घरमा लागुऔषध गाँजाको धुलो विक्रि वितरण गर्ने गरेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली खटिई गई घर खानतलासी गर्दा लाल बहादुर घलानको घरबाट लागुऔषध गाँजाको धुलो अन्दाजी ४५ किलोग्राम र शेर बहादुर घलानको घरबाट लागुऔषध गाँजाको धुलो अन्दाजी ६३ किलोग्राम गरी जम्मा १०८ किलोग्राम लागुऔषध गाँजा फेला परेको र लाल बहादुर घलानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । शेर बहादुर घलान फरार र निजको खोजतलास कार्य भईरहेको छ ।

धादिङ, रामेछाप र चितवनमा झुण्डी मृत्यु
२०७९-१२-०७

धादिङ, गजुरी गाउँपालिका-२, ढाडे बस्ने ५२ वर्षीय डोलराज थापा घर नजिकै रहेको सालको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।रामेछाप, मन्थली नगरपालिका-१, कटहरबोट स्थित डेरा गरी बस्ने सोही ठेगाना स्थायी घर भएकी ३० वर्षीया अनु श्रेष्ठ आफैं सुत्ने कोठाको सिलिङ पंखा झुन्डाउने रडमा सलको पासो लगाई झुन्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, कालिका नगरपालिका-७, बिजयटोल स्थित बस्ने २२ वर्षीया अनु गुरुङ आफ्नै माईती घरको दलिनमा रहेको फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

नुवाकोट र सिन्धुपाल्चोकमा बेवारिसे लाश फेला
२०७९-१२-०५

नुवाकोट, विदुर नगरपालिका-३, बुनेबेशी स्थित त्रिशुली नदीको किनार नजिकै झाडीमा नाम थर वतन नखुलेको पुरुष व्यक्तिको लाश सडीगली सकेको अवस्थामा फेला परेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-३, ठूलोभोताङ स्थित भीरको बाटोबाट अन्दाजी ४०० मिटर तल खसी उतिसको रूख मुनी घोप्टो परेको हाल नामथर वतन नखुलेको खैरो दौरा सुरुवाल, रातो सुइटर लगाएको, सेतो पटुका बाँधेको अन्दाजी ६०/६५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

चितवन, नुवाकोट र सिन्धुलीमा झुण्डी मृत्यु
२०७९-१२-०५

चितवन, रत्ननगर नगरपालिका-८, बागमारा बस्ने अन्दाजी १८ वर्षीय सुमित महतो आफ्नै घरको सुत्ने कोठाको पंखामा पछ्यौराको पासो लगाई झुण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी ईच्छाकामना गाउँपालिका-६ बस्ने ३२ वर्षीय सुमन गुरुङ आफ्नै घरको कोठामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।नुवाकोट, विदुर नगरपालिका-९, लामटार बस्ने अन्दाजी १७ वर्षीय अविनाश सुनारले आफ्नै घरदेखि अन्दाजी २०० मिटर तल चिलाउनेको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुली, गोलन्जोर गाउँपालिका-३, ओख्ले बस्ने ६१ वर्षीया मिश्रा देवी आछामी घरबाट अन्दाजी ३०० मिटर रहेको वरको रूखमा नाम्लोको डोरीले  पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१२-०४

चितवन, राप्ती नगपालिका-२, राईटोल स्थित विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, भण्डारा, चितवनबाट खटिएको गस्ति टोलीले अन्दाजी ६०/६५ किलोग्राम लागुऔषध गाँजा बोकी ल्याउदै गरेको जिल्ला चितवन, राप्ती नगरपालिका-१२ बस्ने ३२  वर्षीय चन्द्र बहादुर प्रजा लागुऔषध गाँजा सहित पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ ।काभ्रेपलाञ्‍चोक, पाँचखाल नगरपालिका-२, देवीस्थान बस्ने ३० वर्षीय विश्व तामाङले लागु औषध (गाँजा) विक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले चेकजाँच गर्दा निजले आफ्नै घरमा लुकाई छिपाई राखेको  अन्दाजी १० किलोग्राम गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर र चितवनमा झुण्डी मृत्यु
२०७९-१२-०३

मकवानपुर, मनहरी गाउँपालिका-५, दरदरा बस्ने अन्दाजी ५० वर्षीय कृष्ण बहादुर सुरखेती आफ्नै घरभित्र काठको बलोमा तन्ना (कपडा) को पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-११, मुक्तिनगर चोक स्थित डेरा गरी बस्‍ने जिल्ला मकवानपुर, राक्सिराङ्ग गाउँपालिका-६ स्थायी घर भएका २७ वर्षीय अनिश चेपाङ् आफैं सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी भरतपुर महानगरपालिका-१६, पुष्पकमल टोल बस्ने ३३ वर्षीय बिकास श्रेष्ठ घरको रेलिङ्को फलाममा कम्मर बाँध्ने पटुकीले पासो लगाई मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर र सिन्धुलीमा झुण्डी मृत्यु
२०७९-१२-०२

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-१, फुलबारी स्थित मामा घर बस्दै आएकी सोही ठेगाना घर भएकी अन्दाजी १४ वर्षीया मनिषा घलान सुत्ने कोठाको दलिनमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुली, कमलामाई नगरपालिका-१४ स्थित शिव मन्दिर सामुदायिक वनमा नामथर वतन नखुलेको अन्दाजी २०/२५ वर्षीय पुरुष मैनासेको रूखमा सर्टको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । उक्त मृत लास अन्दाजी १५/२० दिन अघि नै झुण्डिएको जस्तो देखिएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

७६ किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद
२०७९-१२-०२

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-७, भुताहा र काभ्रेपलाञ्चोकको सिमाना नजिक प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा क्यानखोला कच्ची-सडक खण्डमा क्यानशिरबाट भुताहा तर्फ आउदै गरेको प्र ०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाईकल चालक जिल्ला सर्लाही, हरिवन नगरपालिका-२ बस्ने अन्दाजी २३ वर्षीय प्रलात कुमार थोकर र पछाडि सवार जिल्ला सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय देउकुमार स्याङ्तानलई चेकजाँच गर्ने क्रममा बोरा भित्र लागुऔषध गाँजा र अर्को नम्बर नखुलेको मोटरसाईकलमा दुई जना सवार व्यक्ति प्रहरी टोलीलाई देख्ना साथ मोटरसाईकलको बिचमा राखि ल्याएको बोरा फाली मोटरसाईकल सहित फरार भएको छ । उक्त दुई ओटा बोरामा जम्मा लागुऔषध गाँजा ७६ किलो ५०० ग्राम रहेको थियो । लागुऔषध गाँजा सहित मोटरसाईकल र २ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०७९-१२-०१

मकवानपुर, बकैया गाउँपालिका-१२, खोरभञ्ज्याङ स्थित भित्री कच्ची सडक-खण्डमा शिवम सिमेन्ट फ्याक्ट्रीको चक्ति ढुङ्गा खानीमा शिवम सिमेन्ट प्याक्ट्रीबाट ढुङ्गा लोड गर्न जाँदै गरेको ना ८ ख ५३३५ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ८००/९०० मिटर तल खोल्सामा खसी दुर्घटना हुदाँ चालक जिल्ला मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२, अदुवाखर्क बस्ने अन्दाजी २७/२८ वर्षीय चन्द्र योन्जन मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ स्थित पूर्व-पश्चिम सडक खण्डमा नवलपुरबाट हेटौंडातर्फ आउदै गरेको मधेश प्रदेश ०३-००१ च ६९४३ नम्बरको हात्ती गाडीले पैदल यात्री हाल नामथर वतन नखुलेको अन्दाजी ३५/४० वर्षीया महिलालाई ठक्कर दिदाँ निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<